नियम ३२
बन पैदावारको विदेश निकासी र आयात
(१) नेपालबाट वन पैदावार विदेश निकासी गर्दा सम्बन्धित डिभिजनल वन अधिकृतको सिफारिस लिएर मात्र निकासी गर्नु पर्नेछ तर ऐनको-दफा ७७ बमोजिम प्रतिबन्ध लगाइएका वन पैदावार बाहेकका वन पैदावारबाट बनेका तयारी माल वस्तु निकासी गर्दा डिभिजनल वन अधिकृतको सिफारिस आवश्यक पर्ने छैन ।
तर प्रशोधन नगरी विदेश : निकासी गर्न प्रतिबन्ध लगाइएका जडीबुटीलाई प्रशोधन गरी विदेश निकासी गर्न वनस्पति विभागको सिफारिसको आधारमा विभागको सहमति लिनु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि कुनै व्यक्ति, संस्था, उधोग वा कम्पनीले यस नियमावली बमोजिम: सङ्कलन गरेको वन पैदावार मध्ये ऐनको दफा ७७ बमोजिम विदेश निकासीमा प्रतिबन्ध लगाएको वन पैदावार बाहेक अन्य वन पैदावार विदेश निकासी गर्न निवेदन दिएमा डिभिजनल वन अधिकृतले विदेश निकासीका लागि सम्बन्धित भन्सार कार्यालयलाई सिफारिस गर्न सक्नेछ।
(३) कुनै व्यक्ति, संस्था, उ्योग वा कम्पनीले नेपालमा आयात गर्न प्रतिबन्ध लगाइएका बाहेकका वन पैदावार आयात गरी बिक्री वितरण गर्नका लागि देहायका प्रमाणसहित निवेदन दिएमा सम्बन्धित डिभिजनल वन अधिकृतले आवश्यक जाँचबुझ गरी कुनै पनि रोग, किरा वा शत्रु जीव नभएको यकिन गरी नेपालभित्र आयात गर्न इजाजत दिन सक्नेछः-
(क) सम्बन्धित भन्सार कार्यालयको प्रज्ञापनपत्र,
(ख) निर्यात गर्ने मुलुकको उत्पादन हो भन्ने प्रमाणपत्र (उत्पत्तिको प्रमाणपत्र),
(ग) निर्यात गर्ने मुलुकले जारी गरेको स्वस्थता प्रमाणपत्र,
(घ) निर्यात गर्ने मुलुकले जारी गरेको निर्यात इजाजतपत्र र
(ङ) क्वारेन्टाइन स्वीकृत प्रमाणपत्र । (४) वनजन्य बिरुवा आयात गर्न चाहने व्यक्ति वा संस्थाले निर्यात गर्ने मुलुकले जारी गरेको ८ स्वस्थता प्रमाणपत्रसहित रुख प्रजातिको हकमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अन्य बिरुवाको हकमा वनस्पति विभागको सिफारिस लिनु पर्नेछ।
(५) यस नियमावली बमोजिम आयात गरिएको वन पैदावार पुन विदेश निकासी गर्नको लागि निवेदन दिएमा डिभिजनल वन अधिकृतले आवश्यक जाँचबुझ गरी त्यस्तो वन पैदावार पुन विदेश निकासी ८ गर्न सम्बन्धित भन्सार कार्यालयलाई सिफारिस गर्न सक्नेछ।